Nic Ad Nic Ad
Nic Ad Nic Ad

किरण राणालाई एआइजिमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौँ- नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनीहरूको नाम गत आइतबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको थियो । जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् भने प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्