Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईसीसी लिग २ : नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो

बुधबार, कात्तिक १४, २०८१

काठमाडौ - आईसीसी विश्वकप लीग २ अन्तर्गत नेपाल र स्कट्ल्यान्डबीचको पहिलो खेलमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ।  

अमेरिकाको ड्यालसमा भएको खेलको पहिलो इनिङ्समा नेपालले स्कट्ल्यान्डलाई ४१.४ ओभरमा १५४ रन बनाउन दिई अलआउट गरेको थियो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए। 

दोस्रो इनिङ्समा नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै १५७ रन बनाएर १५५ रनको लक्ष्य पूरा गरेको थियो। नेपालका लागि अविजित रहेका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए। 

यस शृङ्खलामा नेपाल अमेरिका र स्कट्ल्यान्डसँग २-२ खेल खेल्दै छ। आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।  

लिग २ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ । नेपालले अव शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।

स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । ८ टोली सहभागी लिग २ मा शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०५:२९
प्रतिक्रिया दिनुहोस्