साफ च्याम्पियनसिप : फाइनल हेर्ने टिकट काट्न बिहानैदेखि भिड
काठमाडौं - साफ महिला च्याम्पियनसिपको नेपाल-बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।
अनलाइन टिकट खरिद बन्द गरेपछि बिहानैदेखि टिकट बिक्रीस्थलमा सर्वसाधारण लाइनमा बसेका छन् । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।
उक्त खेलमा १५ हजार दर्शक क्षमताको रंगशालामा १९ हजारलाई प्रवेश गराइएको थियो । २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ ०८:२१
प्रतिक्रिया दिनुहोस्