नेपाल र बांङ्लादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउँदै काठमाडौँ महानगर
काठमाडौ - काठमाडौं महानगरपालिकाले साफ वुमन्स फूटबलको प्रत्यक्ष प्रसारणा गर्ने भएको छ । महानगरले आज साझ साढे ६ बजेदेखि हुने प्रतियोगिताको महानगरले टुडिखेल, सानो गौचरन र गणेश थानमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
दशरथ रंगशालामा जारी साफ वुमन्स फूटबलको दोस्रो सेमिफाइलनमा भारतविरुद्ध नेपालले ट्राइ बेकरमा भारतलाइ हराउँदै फाइनलमा प्रवेश गरेको थियो । आज नेपालले फाइनल खेल बाङ्लादेशसँग भिड्ने छ। नेपाल र बांङ्लादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ १०:३५
प्रतिक्रिया दिनुहोस्