यी ५ कारण जसले नेपाललाई दिनेछ पहिलो महिला साफ उपाधि
काठमाडौं– सन् २०२२ को साफ महिला प्रतियोगिता जस्तै आज पनि नेपाली महिला टीमलाई घरेलु मैदानमा साफ प्रतियोगिता जित्ने सुनौलो अवसर आएको छ । अघिल्लो संस्करण जस्तै यसपाली पनि नेपालको अगाडि बंगलादेश प्रतिद्वन्द्वी रहेको छ ।
नेपाली महिला टोलीलाई यो साफ जित्नु बात्धयता जस्तो नै छ । किनकि नेपालले अहिलेसम्म भएका ६ साफ प्रतियोगितामा ५ फाइनल खेलिसकेको छ ।
अथाह सम्भावना बोकेको नेपाली टीमलाई आफूलाई प्रमाणित गर्न र महिला फुटबलमा नयाँ आयाम ल्याउँन भए पनि यो प्रतियोगिता जित्नै पर्ने दबाब छ ।
हिजो भएको पत्रकार सम्मेलनमा पनि नेपाली महिला टोली कि कप्तान एन्जिला तुम्बापो सुब्बाले यो संकेत दिइसकेकी छिन् ।
नेपाललाई घरेलु दर्शकको सामु साफ जित्ने यो ठूलो अवसर हो। लगातार २ संस्करण नेपालमा भएको साफ अबका नयाँ संस्करण लामो समयपछि नेपालमा हुन सक्नेछन् । त्यति बेलासम्म अहिलेको ‘गोल्डेन जेनेरेशन’को रुपमा लिगिएको यो टीमको उमेर निकै बढीसकेको हुनेछ । त्यसैले पनि नेपाललाई यो जित्नु बाध्यता नै छ ।
तर पछिल्लो समय महिला साफमा भारत भन्दा बंगलादेश नेपालका लागि तगारो बनिरहेको छ । गत संस्करणको महिला साफ फाइनलमा पनि १५ हजार भन्दा बढी घरेलु दर्शकका सामु बंगलादेशले नेपाललाई ३–१ ले पाराजित गरेको थियो ।
यसपालि पनि बंगलादेश राम्रो लयमा देखिएको छ । बेलायतका बंगलादेशी प्रशिक्षक पिटर जेम्स बटलरले आफ्नै युरोपियन शैलिमा उत्कृष्ट फुटबल खेलाइरहेका छन् । नेपाली प्रशिक्षक राजेन्द्र तामाङलाई उनको रणनितीमा प्रहार गर्न मुस्किल पर्न सक्नेछ । तर यि ५ कारणले नेपाल बंगलादेशसँग हावी भएर नेपाली महिला फुटबलमा इतिहास रच्ने समेत ठूलो सम्भावना रहेको छ ।
१.बंगलादेश टोलीमा विवाद
पछिल्लो समय बंगलादेशका खेलाडी र प्रशिक्षक बिच विवाद देखिएको छ । बंगलादेशकी कप्तान सबिना खातुन आफ्नै प्रशिक्षक देखि रुष्ट छिन् ।
प्रशिक्षक बटलर आफ्नो रणनिती अनुसार टीममा धेरै जसो नयाँ खेलाडीलाई स्थान दिने गर्छन् । यो कारण पनि पुराना खेलाडीहरु उनिसँग रुष्ट छन् ।
भुटानसँगको सेमिफाइनल खेलपछि बंगलादेशकी कप्तान सविता खातुनले सामाजिक संजालमा पोस्ट गर्दै प्रशिक्षकको आलोचना समेत गरेकी थिइन् ।
तर उनलाई दबाब आएपछि उनले केही समयमा नै उक्त पोस्ट हटाएकी थिइन् । ग्रुप स्टेजमा पाकिस्तानसँग भएको १–१ बराबरीको खेलमा समेत यही कारण हुनसक्ने अनुमान गरिएको छ । कप्तान सबिना अहिलेको प्रशिक्षक भन्दा पछिल्लो संस्करणका प्रशिक्षकको पक्षमा रहेकी छिन् ।
यो विवादले खेलाडी र प्रशिक्षकको तालमेल नमिल्दा नेपालले यसको फाइदा उठाउँन सक्ने सम्भावना धेरै रहेको छ ।
२.साबित्राको उपस्थिति
गत संस्करणको साफमा ग्रुप स्टेजको श्रिलंका विरुद्दको खेल साबित्राले डेंगीको कारण गुमाएकी थिइन् । त्यस लगत्तै उनले भारतसँगको महत्वपूर्ण सेमिफाइनल खेल समेत गुमाउन पुगिन ।
प्रशिक्षकले उनलाई बंगलादेशसँगको फाइनल खेलमा पहिला ११ मा राखेका थिएनन् । खासमा पूर्व प्रशिक्षक कुमार थापाको साबित्रालाई मैदानमा उत्राने मनसाय नै थिएन् । तर पहिलो हाफमा २–० ले पछि परेको नेपालको स्थितिका कारण साबित्रा बिरामीका कारण पनि मैदानमा छिर्न विवश भइन् ।
डेंगी पूर्ण रुपमा निको हुन लगभग १५ दिन लाग्ने गर्छ । नेपाललाई ‘कमब्याक’ गरेर जिताउँने लक्ष्यका साथ मैदान छिरेकी साबित्रालाई आफ्नो शरिरले साथ दिएको थिएन् । यसका बाबजुत पनि उनि मैदानमा लडिरहेकी थिइन् ।
तर यसपाली साबित्रा पूर्ण रुपले फिट रहेकी छिन् । फिट मात्र होइन, उनि युरोपियन लिगको अनुभवका साथ मैदानमा उत्रिन तयार रहेकी छिन् ।
३. घरेलु दर्शक
भीआइपी स्टायान्डमा बसेर नेपाल र भारतको समिफाइनल खेल हेरिरहेका बंगलादेशका खेलाडीहरु पक्कै पनि नेपाली दर्शक देखेर अचम्मित भए होलान् ।
गत संस्करणको फाइनमा पनि १५ हजार जति दर्शकका सामु बंगलादेशका खेलाडीहरुले नखेलेका भने होइनन् । तर नेपाली दर्शकले भारत विरुद्दको खेलमा देखाएको गतिविधिले पक्कै पनि बंगलादेशका खेलाडीहरुमा केही हदसम्म मानसिक असर परेको हुनुपर्छ ।
आज पनि दशरथ रंगशाला भरिभराउ हुने निश्चित छ । आज बंगलादेशले आफ्नो करियर कै सबैभन्दा धेरै दर्शक सामु फुटबल खेल्ने छ । बंगलादेश टीममा युवा खेलाडीहरु भएको कारण दशरथ रंगशालाको जस्तो वातावरणमा खेल्न निकै मुस्किल पर्नेछ ।
यसको फाइदा पनि नेपाली टीमले उठाउँन सक्नेछ ।
४.प्रिति र रेनुकाको जोडी
आजको खेलमा प्रिति राई र रेनुका नगरकोटीको मिडफिल्ड जोडी निकै महत्वपूर्ण हुनेछ । किप्पर, डिफेन्डरबाट बल लिएर साबित्रालाई बल पास गर्न यि २ ले ठूलो भूमिका खेल्नेछन् । साबित्रालाई पायक पर्ने ठाउँमा बल पास गर्न सकियो भने नेपाललाई गोल गर्न सजिलो हुनेछ । साबित्राको पेस र शाशिरिक शक्तिका कारण उनलाई गोल गर्न सहज हुनेछ ।
भारतसँगको खेलमा यि दुबैले मिडफिल्डमा राम्रो पकट बनाएका थिए । बंगलादेशको खेलमा पनि यि दुईले डिफिन्डरलाई बिल्ड अपमा सहयोग गर्ने देखि अगाडि बल पासमा समेत आफ्नो भूमिका खेल्नेछन् ।
यु दुई बल खोस्नमा समेत माहिर रहेका छन् । बल खोस्न सफल भएको खण्डमा प्रतिद्वन्द्वीका खेलाडीहरु असन्तुलित हुने गर्छन् । जसको फाइदा प्रिति राई, रेनुका, सविता राना मगर, साबित्रा जस्ता खेलाडीहरु उठाउँन सक्नेछन् ।
५.उच्च मनोबल
भारतसँगको सेमिफाइनल खेलमा रेखा पौडेलले रेड कार्ड र त्यस लगत्तै भारतले हानेको गोलले नेपाली टीमको मनोवल घट्ने र खेल हार्ने धेरैले मनमनै आकलन गरेको थिए । तर मैदानमा १० खेलाडी बाबजुत पनि नेपालले बाँकी ३५ मिनेट भारतसँगको खेलमा आफ्नो दबदबा बनाएको थियो ।
नेपाली महिला टोलीका हरेक खेलाडीसँग आफ–आफ्नो प्रतिभा छन् । तर यसअघीका केही खेलहरुमा कम मनोबलका कारण नेपाल पराजय हुन पुगेको छ ।
भारतसँगको खेल खेलाडीहरुमा उच्च मनोवल र जुनुन देखिएको थियो । नेपालका प्रत्यक खेलाडीहरु डटेर खेलिरहेका थिए । प्राविधिक रुपमा मैदानमा १० खेलाडी खेलिरहे पनि दर्शकको रुपमा हेर्दा ११ खेलाडीहरु खेलिरहेका देखिन्थे । यो उनिहरुमा भएको उच्च मनोवल र जुनुनका कारण हो।
यही उच्च मनोवलका साथ बंगलादेशसँग उत्रिने हो भने नेपालले पहिलो पटक महिला साफ जितेर इतिहासमा आफ्नो नाम दर्जा गर्नेछ।