गर्भवतीसमेतलाई लोभ्याउने महिला फूटबलः टिकटमा यसरी कालोधन्दा चलाउँछ एन्फा
काठमाडौं– साफमा महिला फूटबलतर्फ बुधबार नेपाल र बंगलादेशको फाइनल खेलको छुट्टै क्रेज छ। यस्तो क्रेज कि गर्भवती महिला पनि बिहानैदेखि टिकटका लागि लाइनमा थिइन्।
क्यानडा नेपाल जवालाखेल मैदानमा टिकटको अवस्था बुझ्न जाँदा एक गर्भवती महिला लाइनमा थिइन्। टिकट पाउन नै सकस हुनेगरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले किन यस्तो दुखः दियो?
यसका भित्रि कारण अलग छ। टिकट लिन जाने दर्शकको पीडा एकातिर छ, अर्कातिर टिकटको प्राधिकार पाउनेको फरक।
ए डीभीजन फूटबलमा एन्फाले टिकट बेच्ने प्राधिकार एकमुस्ट १ करोडमा बेचेको थियो। प्राधिकार पाउने कम्पनीले जम्मा ६० लाख मात्र उठायो। त्यो कम्पनीलाई ४० लाख घाटा भयो तर एन्फाले त्यो व्यहोर्ने कुरै देखाएन।
अहिले हुँदै गरेको साफ महिला फूटबलको फाइनल खेल एन्फाले ६५ लाख रुपैयामा बेचेको छ टिकटको अधिकार। नेपालले राम्रो खेलेको भएर उक्त कम्पनीले लगानी सेमिफाइनल सम्ममै उठाउने बातावरण तयार भयो।
यदि नेपाल सेमिफाइनमा नपुगेको भए यो कम्पनीको पैसा डुब्ने अवस्था थियो। धेरै पैसा देखेर एउटै खेलमा करोड कमाउने अवस्था देखेर एन्फाले विभिन्न बहाना बनाएर आफैं टिकट बेच्न थालेको छ।
घाटा हुँदा बेहोर्नु नपर्ने फाइदा हुन लाग्दचाहिँ र्याल चुहाउने यस्तो प्रवृत्तिले गर्दा नै नेपाली फुटबलमा नयाँ लगानीकर्ताहरु आउन डराउने अवस्था बनेको छ।
रंगशालामा क्षमता १७ हजारको छ। एन्फाले १० हजार मात्र टिकट बिक्री गर्ने भनेको छ। सायद, आफ्नो आन्तरिक सरकारी हिसाबमाचाहिँ १० हजार देखाएर ७ हजार केही पदाधिकारीको गोजीमा त जाने हैन भन्ने आशंका पनि व्यक्त गरिएको छ।