नेभिगेशन
खेलकुद

गोल मेशिन साम्बाले रेकर्ड तोड्ने बेला आयो

काठमाडौं– साबित्रा भण्डारीलाई आज नेपालको तर्फबाट साफमा सर्वाधिक गोल गर्ने मौका आएको छ। उनले नेपालकी पूर्वकप्तान अनु लामाको सर्वाधिक २१ गोल तोड्ने मौका आएको हो। 

दक्षिण एसियामा सर्वाधिक गोल गर्ने महिला साबित्रा भएतापनि उनले साफको रेकर्डमा भने आफ्नै पूर्व सहकर्मी अनुको रेकर्ड तोड्न सकेकी थिइनन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म ५५ गोल गरिसकेकी छिन्। 

साबित्राले नेपालको तर्फबाट साफमा अनु बराबर कै २१ गोल गरिसकेकी छिन् । उनले आज गोल गर्ने हो भने उनि साफमा नेपालको तर्फबाट सर्वाधिक गोल गर्ने महिला बन्ने छिन्। 

उनि अन्तराष्ट्रिय खेलमा नेपाली महिला फुटबलमा सर्वाधिक गोल गर्ने महिला हुन्। पूर्वकप्तान अनुले भने राष्ट्रिय टिमबाट ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद