नेपाल र बंगलादेशको खेल हेर्न जाने दर्शकका लागि ६ स्थानमा पार्किङको व्यवस्था
काठमाडौँ- साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल हेर्न जाने दर्शकका लागि ५ स्थानमा पार्किङको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनका लागि विभिन्न ६ स्थानमा पार्किङको व्यवस्था गरिएको हो ।
खेलाडी तथा अफिसियलहरुको सवारी साधनका लागि खेलकुद परिषद्को पार्किङ्गमा व्यवस्था गरिएको छ । त्यसैगरी आँखा अस्पतालको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन, आर्मी हेडक्वाटर अगाडीको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन, त्रिपुरेश्वर स्थित विश्व निकेतन स्कुल पछाडीको करिडोर र कुपण्डोलको करिडोर एरियामा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन, काठमाडौं भ्युटावर पुरानो बसपार्कमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे साना सवारी साधन र धरहरा पार्किङमा दुई पाङ्ग्रे सवारी साधनको व्यवस्था गरिएको छ ।
नेपाल-बंगलादेशबीच साँझ साढे ६ बजे फाइनल खेल सुरू हुँदैछ।