Nic Ad Nic Ad
Nic Ad Nic Ad

लक्ष्मी पूजादेखि भाइटीकासम्मको मौसम प्रक्षेपण, यी क्षेत्रमा वर्षाको सम्भावना

बुधबार, कात्तिक १४, २०८१

काठमाडौ - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिभरको मौसम प्रक्षेपण गरेको छ।

महाशाखाले लक्ष्मीपूजा (१५ कात्तिक), औँसी (१६ कात्तिक), गोवर्द्धन पूजा (१७ कात्तिक) र भाइटीका (१८ कात्तिक)को मौसम आकलन गरेको हो। महाशाखाका अनुसार यी चार दिनमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

बाँकी भूभागमा मौसम सफा रहने देखिन्छ। उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्