Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदर्शन गरि सभापति लामिछाने छुटाउन नसकेपछि रास्वपाले निकाल्यो यस्तो विज्ञप्ति

बुधबार, कात्तिक १४, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको सहकारी संस्थामा पहुँच पुग्न नसक्ने बताएको छ । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले सो कुरा बताएको हो ।

कार्यबाहक प्रवक्ता मनिष झाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘बचत रकम हिनामिना,अपचलन वा ठगि गर्न सक्ने भनेको केवल सहकारीका सञ्चालक,व्यवस्थापक,ठूला ऋणी र कर्मचारीको मिलोमतोमा मात्र हो । तर रवि लामिछाने कुनै पनि सहकारीको सञ्चालक,व्यवस्थापक,ऋणी वा कर्मचारी नभएकाले सहकारीमा उहाँको पहुँच पुग्नै सक्दैन । यस विवादित विषयलाई संगठित अपराधसंग जोडिएको छ ।’

पार्टी सभापति लामिछानेमाथि झुठा मुद्धा लगाएर थुन्नु राजनीतिक प्रतिशोध भएको रास्वपाको ठहर छ । यही कार्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । लामिछाने पक्राउपरेपछि रास्वपा सडक आन्दोलनमा छ ।

462569799_531585866496670_5878045013429564573_n-1730286068.jpg
 

462544612_8906142842758606_1273641371751507404_n-1730286090.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्