Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगीमा छविका खास लामिछानेका अर्का साझेदार प्रहरीका पूर्वअसई, रविलाई ‘गुडनाइट’

बुधबार, कात्तिक १४, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पठाएका गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी यहि काण्डमा अनुसन्धानमा हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीका खास र रवि लामिछानेका साझेदार निस्किएका छन्। 

नक्सालमा पक्राउ गरिएका रामबहादुर रावल नेपाल प्रहरीका पूर्व सहायक निरिक्षक (असई) रहेको खुलेको हो। प्रहरीको जागिर छाडेर व्यापारमा लागेका खनाल यतीबेला कास्की प्रहरीको हिरासतमा पूर्वगृहमन्त्री रवि लामिछानेसँगै छन्।

उनी जिबी राईको गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी हुन्। उनको सम्बन्ध जिबीभन्दा पूर्वडिआइजी छविलाल जोशीसँग रहेको छ। जोशी प्रहरी सेवामा रहँदा उनै खनाललाई घुमुवा खटाएर पैसा उठाउने गर्दथे। खनालले जागिर छाडेपछि उनीमार्फत नै जोशीले विभिन्न ठाउँमा पैसा लगानी गरेका थिए।

यसैबीच जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लामखुट्टेको तनाव भएको गुनासोपछि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई ‘गुडनाइट लिक्विड धुप’ दिइएको छ। त्यसो त प्रहरी हिरासतमा त्यस्तो सुविधा नहुने व्यवस्था छ। तर, उच्च स्रोतले भन्यो,‘पूर्वगृहमन्त्री भएका कारण उहाँलाई गुडनाइट धुप दिइएको छ।’

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्