Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाघभन्दा पनि खतरनाक कुकुर, नाम हो ‘टाइगर’

बिहीबार, कात्तिक १५, २०८१

काठमाडौं– तस्बिरमा देखिएको कुकुर यस्तो खतरनाक छ कि, यसले बाघलाई मात्र होइन मान्छेलाई पनि चित खुवाइदिन्छ। 
यसको नाम हो– टाइगर!

नेपाल प्रहरीको यो कुकुर अनुसन्धानमा अब्बल छ। यसले मुख्य दुई हत्या प्रकरणका अभियुक्त पत्ता लगायो। 

यसकारण यो, खतरनाक अनुसन्धानकर्ता पनि हो। जर्मन सेफर्ड जातको यो टाइगरले सिन्धुपाल्चोकको एउटा र काठमाडौंमै पनि हत्या प्रकरणको अनुसन्धानका क्रममा अभियुक्त पत्ता लगायो। 

खुर्पाको बिँड सुँघेर अभियुक्तको घरसम्म पुग्ने यसलाई नेपाल प्रहरीले उत्कृष्ट अनुसन्धानकर्ताका रुपमा पुरस्कृत पनि गरेको थियो। 

प्रहरी अधिकारीका अनुसार टाइगरको कौशलता निक्कै चाखपूर्ण र लालयीत हुने खालको छ। 

कुकुर तिहारको दिन आज उसलाई सम्मानका साथ प्रहरीले पूजा गरेको छ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्