Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने

बिहीबार, कात्तिक १५, २०८१

काठमाडौँ- काठमाडौँमा भएको साफ महिला च्याम्पियनसिप उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो । मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउने छन्।

बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बांङ्लादेशसँग २-१ ले पराजित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्