कागजपत्र नभएका २५ वटा मोटरसाइकल बरामद
काठमाडौँ- कागजपत्र नभएको २५ वटा मोटरसाइकल बरामद गरिएको छ। चाडपर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी गस्ती टोलीले मोटरसाइकल बरामद गरेको हो ।
गत असोज १७ गते देखि बुधवार कार्तिक १३ गते सम्म प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्दा कागजपत्र नभएको २५ थान बेवारिसे मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बरामद मोटरसाइकलको कूल २२ लाख २५ हजार मूल्यांकन सहित बुधवार जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाइएको डीएसपी राय द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
रौतहटमा चोरीको मोटरसाइकल चढ्ने संख्या बढेको गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले चेकजाँचमा तीव्रता दिएको हो।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१ १४:१३
प्रतिक्रिया दिनुहोस्