‘तिहारै आयो लौ झिलिमिली’ भन्दै बेलायती राजदूतले गरे भिडिओ सार्वजनिक
काठमाडौं- नेपालस्थित बेलायती राजदूत रब फेनले तिहारको भिडिओ सार्वजनिक गरेका छन्। फूलको माला लिएर ‘तिहारै आयो लौ झिलिमिली’ भनेको भिडिओ उनले सार्वजनिक गरेका छन्।
दूतावासले आफ्नो अकाउन्टबाट साझा गरेको भिडिओमा उनले आफूलाई मन पर्ने नेपाली शब्द ‘मिठो’ भएको पनि बताएका छन्। राजदूत फेन केही यता नेपाली सिकिरहेका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१ १७:०८
प्रतिक्रिया दिनुहोस्