उपनिर्वाचनको कमान्ड गगनले पाएनन्, अर्का महामन्त्रीलाई देउवाले दिए जिम्मेवारी
काठमाडौं– स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसको कमान्ड महामन्त्री विश्वप्रकाश शर्माले गर्ने भएका छन्। सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको साटो शर्मालाई जिम्मेवारी दिएका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको विधान २०१७ (संशोधनसहित)बमोजिम महामन्त्री शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन्।
समितिको सदस्यमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र सदस्य सचिव प्रकाश शर्मा छन्।
पछिल्ला दिनमा सभापति देउवा महामन्त्री थापालाई प्रोत्साहनमा लागेका थिए। रणनीतिक योजनाको जिम्मेबारीमा भने थापालाई नै चेपेर सभापति देउवा हिँड्ने गरेका छन्।
आगामी महिना अर्थात् मंसिर १६ गते उपनिर्वाचन हुनेछ। स्थानीय तहका रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो।