चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक
काठमाडौं- गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् ।
शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताएका हुन् ।
उनले भने- ‘मान्छेले बसाइसराइ गर्ने भएकाले कामका कारण मान्छेहरू टाढा टाढा हुनुपर्छ । चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ । यसको सामाजिकसँगै मानवीय पनि महत्त्व छ ।’
उनले एउटा परिष्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरूमा उपस्थित हुने कुराको आफैँमा ठुलो महत्त्व रहेको बताए । उनले ऋषिमुनीहरुले धेरै ठुलो अध्यापन र अनुभवपछि यी पर्वहरूको निर्माण गरेको लेखकले बताए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१ १७:४८
प्रतिक्रिया दिनुहोस्