माडी नदीमा २ जनाको शव फेला
काठमाडौँ- माडी नदीले बगाउँदा प्युठानमा दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार माडी नदीमा स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी-३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव भेटिएको छ ।बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको दुई सय मिटर तल भेटिएको हो ।
त्यस्तै खनाललाई स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्केपछि बेलिब्रिजको छेउमा नुहाउन जाँदा नदीले बगाएको थियो । खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१ २०:३९
प्रतिक्रिया दिनुहोस्