Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति पौडेलले शीतलनिवासमा गरे गाईपूजा

शनिबार, कात्तिक १७, २०८१

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज (शनिबार) गाईपूजा गरेका छन् । कार्तिक कृष्ण औंसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतलनिवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएको उनको सचिवालयले जनाएको छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यम पञ्चक अन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्