Nic Ad Nic Ad
Nic Ad Nic Ad

हात बाँधी पछ्यौरी भित्र रिहा हुने दिन गन्दै बसेका छन् रवि लामिछाने, अरु के–के हुँदैछ?

शनिबार, कात्तिक १७, २०८१

काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई उपसभापति स्वर्णिम वाग्लेले ‘एन अफ रिभ्योलुसन’ नामको पुस्तक उपहार दिएका छन्। 

सहकारी ठगी, संगठित अपराधलगायतमा अनुसन्धान र बयानका क्रममा रहेका लामिछानेलाई शुक्रबार साँझ भेटेर वाग्लेले उक्त पुस्तक उपहार दिएका थिए। 

‘रविजी, तपाईंले आफ्नो असामान्य साहस प्रमाणित गरिसक्नुभएको छ। यो कठिन परिस्थितिलाई पार गर्न तपाईंसँग पर्याप्त दृढता र रणनीतिक धैर्यता होस् भन्ने कामना गर्दछौं। हामी तपाईंसँग छौँ।  सबै कुरा राम्रो हुनेछ’, वाग्लेले उपहार दिएको पुस्तकमा लेखिएको छ। 

यसैबीच हिरासतमा रहेका लामिछानेले पुस्तक पढ्ने र डायरी लेख्ने काममा दिन बिताउने गरेको स्रोतले जनाएको छ। प्रहरी स्रोतले भन्यो,‘उहाँ अहिले अध्ययन गर्ने र लेख्ने काम पनि गर्नुहुन्छ।’

लामिछाने रिहा हुने दिन गनेर बसिरहेको उनलाई भेट्न पुगेकाहरू बताउँछन्। तर, सूर्यदर्शन सहकारीको रकम अपचलनका कारण पक्राउ गरिएका लामिछानेलाई यसपछि रुपन्देहीलगायतका जिल्लामा पनि बयानका लागि लगिने तयारी भएको छ। तिहार बिदा सकिनासाथ म्याद थपेर अन्य जिल्लामा पनि बयानका लागि लगिने बताइएको छ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्