नेभिगेशन
समाज विविध

तिहारअघि ११ करोड ७७ लाखको तास भित्रियो

काठमाडौं– तिहारअघि नेपालमा ११ करोड ७७ लाखको तास भित्रिएको छ। 

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना साउन, भदौ र असोजमा सो रकम बराबरको तास भित्रिएको हो। 

२०८१ को साउन, भदौ र असोज महिनामा ११ करोड ७७ लाख ५३ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । उक्त मूल्यमा ३९ लाख ८५ हजार ६०३ प्याकेट तास नेपाल भित्रिएको छ । 

बितेको तीन महिनामा तासबाट ६ करोड ९५ लाख १७ हजार रुपैयाँ राजस्व सरकारले उठाएको छ। 

नेपालमा चीन, भारत, बेलायत र अमेरिकाबाट तार आउने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध