Nic Ad Nic Ad
Nic Ad Nic Ad

वेस्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

आइतबार, कात्तिक १८, २०८१

काठमाडौ - कर्णाली याक्सले वेस्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टनलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सले जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटर वाल्टनलाई भित्राएको जानकारी दिएको हो । वाल्टन नेपाल प्रिमियर लिग खेल्ने कर्णाली याक्सका तेस्रो विदेशी खेलाडी हुन् ।

यसअघि कर्णालीले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ । वाल्टनलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टिम थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म हुँदैछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्