प्रधानमन्त्री ओलीले बहिनीहरूबाट लगाए भाइटीका
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीबाटबाट भाइटिका लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आइतबार बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ १४:५०
प्रतिक्रिया दिनुहोस्