मुख्यमन्त्री कार्कीले बहिनीहरूबाट लगाए टीका ग्रहण
विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरूबाट भाइटिका लगाएका छन् ।
झापा गौरदह-३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उनले टीका लगाएका छन् ।
मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छन् । टीका लगाएसँगै उनले नेपालीहरूको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । उनले नेपालीहरूको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ १५:४०
प्रतिक्रिया दिनुहोस्