Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेविरुद्ध प्रमाणका चाङ, मुद्दा 'होस्टाइल' गर्न आफूसितैका आरोपीको प्रयोग!

आइतबार, कात्तिक १८, २०८१

काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी र संगठीत अपराधमा रास्वपभा सभापति रवि लामिछानेविरुद्ध प्रमाणका चाङसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा रायसहित बुझाउने अन्तिम तयारी गरेको छ। 

संगठीत अपराध गर्नका निम्ति झूठा व्यक्ति खडा गरी लामिछानेमार्फत सूर्यदर्शन सहकारीको अपचलित रकम गोरखा मिडिया नेटवर्क प्रालिमा पुगेको प्रहरीको निचोड छ। 

कास्की प्रहरीले अझै पनि अनुसन्धान गर्न बाँकी रहेका कारण मंगलबार सम्भवतः सुप्रिम सहकारी प्रकरणमा रुपन्देही बयानका लागि पठाउने तयारी गरे पनि तत्काल छुट्ने स्थिति नरहेको बताइन्छ। 

मंगलबार कास्की जिल्ला अदालतमा म्याद थपी रविलाई थप बयानका लागि रुपन्देही लगिनेछ। त्यसपछि पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारीमा पनि उनको संलग्नता भेटिएका कारण अनुसन्धान थप हुन सक्ने उच्च स्रोतले क्यानडा नेपाललाई बतायो।

यसैबीच आफ्नो मुद्दा होस्टाइल बनाउने सुविधाको प्रचुर उपयोगमा लामिछाने लागि परेको बताइएको छ। आफू फेरि पनि गृहमन्त्री बन्ने भन्दै ड्युटी अफिसरसँग मोबाइलमार्फत आफूनिकट सञ्चार सञ्चालक बोलाउँदै बाहिर प्रचार गराउन सुरु गरेको बताइन्छ। 

ड्युटीमा रहेका एक अधिकारी भन्छन्,‘कुरा गर्छु भनेपछि पूर्वगृहमन्त्रीजीलाई नदिने कुरा भएन। कसलाई कसरी कुरा गर्नुभयो, त्यो जानकारीमा छैन।’

यसअघि शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा सँगै हिरासत परेका युवराज कँडेलको भिडिओ बाहिर आएको छ। उनले पोखरास्थित जिल्ला प्रहरी कार्यालय परिसर बाहिरबाट नै अनुसन्धानका क्रममा रहेको रवि लामिछानेको पक्षमा भिडिओ बनाएर सतहमा ल्याएका छन्। 

यसअघि सञ्चारकर्मी अपिल त्रिपाठीको भिडिओ पनि सार्वजनिक भएको थियो। अभियोजन लगाउन तयार भएको विषयमा यसरी बिना प्रमाण मिडियाकर्मीले भिडिओका नाममा, धारणाका नाममा तथ्यहिन विषय बाहिर ल्याउनु अस्वभाविक हुने बताउँदै उच्च स्रोतले भन्यो,‘अब लामिछानेको मुद्दा अभियोजन नहुन्जेल यस्ता हर्कत गर्नेलाई निगरानीमा राखिन्छ।’

स्मरणीय छ, सर्वोच्च अदालतको मानाहानी गरी कारागार पुगेका कँडेल माफी कबुल गरी ७ दिनको कैदपछि बाहिर निस्किएका हुन्। 
 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्