नेभिगेशन
मनोरञ्जन
नेपाली फिल्मको सुनौलो समय

ठूला बजेट र राम्रो रेटिङ पाएका बलिउड फिल्ममाथि नेपाली फिल्म भारी 

काठमाडौं– राम्रो अभिनय, अर्गानिक कथा र गज्जबको प्रस्तुती भएपछि फिल्म नचल्ने भन्ने कुरै हुँदैन। तैपनि बलिउडमा राम्रो रेटिङ पाएका र ठूला बजेटमा निर्माण भएका फिल्ममाथि पनि नेपाली फिल्म भारी बन्छन् र भन्ने थियो। 

तर दर्शकले रुचाएपछि सुनौलो समय सुरु भएको संकेत मिलेकै छ। अजय देवगन स्टारर रोहित सेट्ठी निर्देशित फिल्म ‘सिंघम अगेन’ ठूलो बजेटको मात्र होइन, राम्रो रेटिङ पाएको मध्य एक हो। 

तैपनि सिंघमको फ्रेन्चाइज यो फिल्म निक्कै प्रतिक्षारत थियो। यसैगरी कार्तिक आर्यन र विद्या बालनको ‘भूल भूलैया’का फ्रेन्चाइज ‘भूलभूलैया ३’ पनि ठूलो बजेट र राम्रो रेटिङ पाएको फिल्म हो। 

यी फिल्म पनि नेपाली हलमा चलाइएका छन्। तर, दुवैमाथि भारी बनिरहेको छ ‘पूर्णबहादुरको सारङ्गी’। बिजय बराल र प्रकाश सपूत अभिनित फिल्मले दर्शकको मन यतिसम्म जितेको छ कि हल खचाखच बनिरहेका छन् भने दर्शकलाई भावुक पनि बनाइरहेको छ। 

यसले नेपाली फिल्मको सुनौलो समय आएको प्रतीत गराएको छ।

थोरै शो पाए पनि नेपाली फिल्म ‘सानो संसार’ हलमा भरिभराउमा चलिरहेको छ। यस्तै यसअघि दशैंमा रिलिज भएर धमाकेदार व्यापार गरिरहेका बिराज भट्ट र समीर भट्ट अभिनित ‘१२ गाउँ’ हलहरूमा कायम रहँदा दीपकराज गिरी र केदार घिमिरे माग्ने बुढालगायत अभिनित ‘छक्का पञ्जा ५’ पनि हलमा कायम छ, राम्रो व्यापार गरिरहेको छ।

निर्माताहरू भन्छन्,‘अब नेपाली फिल्मको समय आएको छ। हामी राम्रो उत्पादन गरी दर्शकमाझ उपस्थित हुन कञ्जुस्याँई गर्ने छैनौं।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन