क्यानडामा हिन्दू मन्दीरभित्र आक्रमणः प्रधानमन्त्री ट्युडोको आपत्ति, अराजकता रोक्ने वाचा
काठमाडौं– क्यानडाको टोरोन्टोस्थित एक हिन्दू मन्दीरमा भएको आक्रमण र त्यहाँ रहेका धर्मावलम्बीमाथिको प्रहार अराजकता भएको बताउँदै प्रधानमन्त्री जस्टीन ट्युडोले रोक्ने वाचा गरेका छन्।
टोरेन्टोस्थित ब्रहम्पटन क्षेत्रमा रहेको हिन्दु मन्दिरमा आइतबार राति हमला भएको भारतीय समाचार माध्यमले सनसनी बनाइरहेका छन्।
केही मानिसले मन्दिर परिसरमा प्रवेश गरी हिन्दु धर्मावलम्बीलाई कुटपिट गरेको भिडिओ पनि सार्वजनिक भइरहेका छन्।
आक्रमण भारतमा छुट्टै राष्ट्रको माग गरिरहेको खालिस्तानी समूहले गरेको अनुमान गरिएको छ। क्यानडाका प्रधानमन्त्री ट्युडोले भनेका छन्,‘ब्रहम्पटनमा हिन्दु मन्दिरमा पूजा गर्नेहरूलाई लक्ष्य गरी भएको यो हिंसा पूर्ण रूपमा अस्वीकार्य छ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सबै क्यानडालीले शान्तिपूर्वक आफ्नो धर्म अभ्यास गर्न पाउनुपर्छ। म यो अराजकता अन्त्य गर्नेछु।’