Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना

सोमबार, कात्तिक १९, २०८१

काठमाडौं- मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन् । ९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले जानकारी दिए । 

चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ । बृद्ध शरीर भएकाले अझ स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’ का लागि अस्पताल भर्ना गरिएको जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्