Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्को वर्षसम्म पनि तेलको मूल्य नबढ्ने , कारण यस्तो छ ?

सोमबार, कात्तिक १९, २०८१

काठमाडौं- मध्यपूर्वमा जारी तनावबीच आगामी वर्षसम्म पनि कच्चा तेलको मूल्य नबढ्ने देखिएको छ । अहिले इरान र इजरायलबीच भइरहेका आक्रमणहरु इरानको इन्धन खानीतिर केन्द्रित नभए आगामी वर्षसम्म पनि कच्चा तेलको मूल्य अमेरिकी डलर ७५–८० हाराहारीमै कायम रहने एउटा रिपोर्टमा उल्लेख गरिएको छ ।

अहिले ब्रेन्ट कच्चा तेल अमेरिकी डलर ७४ मा कारोबार भइरहेको छ ।‘एमके वेल्थ म्यानेजमेन्ट लिमिटेड’को रिपोर्ट अनुसार अगामी वर्ष यसले यही हाराहारीको मूल्यलाई निरन्तरता दिनेछ । बजारका अन्य आधारभूत तत्वहरूले कच्चा तेलको मूल्य कमजोर अवस्थामै राख्ने देखिएको भन्दै विशेष परिस्थितिमा मात्रै तेलको मूल्य बढ्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

इनारमाथि अमेरिकाको नाकाबन्दी कायमै रहेको अवस्थामा भएको कारणले पनि इरानको पछिल्लो कदमपछि तेलको मूल्यमा दबाब नदेखिएको रिपोर्टमा उल्लेख छ । इजरायल अहिलेसम्म इरानको तेल खानी भएको क्षेत्रमा आक्रमण गरेको छैन ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्