म्याद थपका लागि रवि लामिछाने र छविलाललाई अदालत लगिँदै, रास्वपाको दबाब सभा
काठमाडौं– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणलगायतका मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेका रास्वपा सभापति रवि लामिछाने र गोरखा मिडियाका पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि मंगलबार उस्थित गराइँदैछ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरी गोरखा मिडियामा लगेको विषयमा पूरक निवेदनअनुसार प्रहरीले लामिछाने र जोशीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको हो। बयान लिने क्रम नसकिएको भन्दै म्याद थपका लागि अदालत लगिन लागेको हो।
अदालतले म्याद थप गरेको खण्डमा लामिछानेलाई सुप्रिम सहकारी प्रकरणमा पनि पक्राउ पुर्जी जारी गरेका कारण रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउने तयारी समेत भएको छ। त्यसका लागि उनलाई इलाका प्रहरी कार्यालय बुटवल समेत लगिने प्रहरीले जनाएको छ।
यसैबीच सभापति पक्राउको बिरोधमा रास्वपाले पोखरामा रहेको कार्यालय नजिकै सभाको घोषणा गरेको छ। सभापति पक्राउको बिरोधमा रास्वपा आन्दोलित छ।