Nic Ad Nic Ad
Nic Ad Nic Ad
फिल्म समिक्षा

क्लाइमेक्समा दमदार, त्यसअघि कमेडी ‘भुलभुलैया ३’

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौं– दुई सय बर्ष पुरानो बंगला, प्रतिशोध लिने आत्मा र बन्द कोठाहरूभित्रको लामो खटरपटरसहित कार्तिक आर्यन स्टारर भुल भुलैया ३ पनि नेपालमा चलिरहेको छ।

रुह बाबा अर्थात् रोहन (कार्तिक आर्यन) एक भूत भगाउने जालीझेली भूमिकामा छन्। चुनौती दिने तिलु (अरुण कुशवाह) अति आधुनिक मिस मीरा (तृप्ति डिमरी) र उनका काका (राजेश शर्मा) मिलेर कार्तिक आर्यनलाई समात्छन्, मन्जुलिकाको भूत भगाउन। 

दुई सय बर्ष पुरानो भूत बंगलामा कार्तिक आर्यनलाई भूत भगाउने प्रयोजनका लागि लगिन्छ। 

मृत नर्तकको महिमापूर्ण कथाले प्रिय दर्शन निर्देशित पहिलो भुल भुलैया १७ बर्षअघि आएको थियो। त्यसले बक्स अफिसमा धुम मच्चाएको थियो।

त्यसैका संस्करणमा अनिज बज्मीको निर्देशनमा सन् २०२२ र यो अर्को संस्करण अहिले ठूला पर्दामा चलिरहेका छन्।

२००७ को फिल्ममा अभिनय गरेर राम्रो गुणगाण पाएकी विद्या बालन पनि पहिलो पटकको भूमिकामा फर्किएकी छन्। 

फिल्मको प्रस्थाविन्दु निक्कै सुन्दर भए पनि त्यसपछि मध्यान्तरसम्म कही कमेडीबाहेक फिल्म स्लो लाग्न सक्छ। 

तर जब दोस्रो हाफमा माधुरी दिक्षितको इन्ट्री हुन्छ। अनि, फिल्मले गति लिन्छ। 

बंगलाभित्रको गिरोहमा दिक्षित सामेल भएपछि बन्द कोठाबाट रहस्यमय चर्का आवाज आउन थाल्छन्। केही त्रासदी जस्तो लागे पनि गम्भिर मुडबाट फिल्म फेरि कमेडीमा प्रवेश गर्छ। कमेडी र हरर साथसाथ लगिएको फिल्ममा एउटा प्रश्न दर्शकका मनमा खेल्छन्– के मन्जुलिकाको आत्माले अझै हवेलीलाई सताइरहेको छ? भूत भन्ने चिज छ र ? को हुन् मन्जुलिका ? विद्या बालन हुन् कि दीक्षित?

यहि प्रश्नको उत्तरको खोजीमा फिल्मलाई दौडाइएको छ। र, क्लाइमेक्समा प्रवेश गरेपछि दर्शकले फिल्मलाई रुचाउनेछन्। सबै उत्तर क्लाइमेक्समा भेटिन्छ। 

भुलभुलैयाकै फ्रेन्चाइज रहेका कारण फिल्म आत्मासँग प्रेरित छ भन्ने सतहमा आइसकेको छ। पात्रहरुको अभिनय, भूमिका र कमेडी अनि सेरियस सिन नै यसको महत्व हो। समग्रमा यो फिल्म क्लाइमेक्समा नै फर्किएका कारण हेरुन्जेल राम्रो छ। पैसा खेर जाँदैन।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्