Nic Ad Nic Ad
Nic Ad Nic Ad

अक्टोबरमा भित्रिए सवा लाख पर्यटक

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौँ- नेपालको मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साजनक रहन सकेन । यसले सरकारको लक्ष्य प्राप्ति समेत कठिन हुने देखिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका छन् । यो संख्या यसपालि अघिल्लो ‘पिक सिजन’ भन्दा कम हो ।त्यतिमात्र होइन, सन् २०१९ को यसै महिनाको तुलनामा समेत कम पर्यटक आएको बोर्डको तथ्यांकले देखाएको छ ।

पर्यटन बोर्डले लक्ष्य अनुसार पर्यटक नआउनुमा नेपालमा प्राकृतिक विपत्तिले असर गरेको बताएको छ । यद्यपि, पदयात्रामा आउने पर्यटक आगमन भने सन्तोषजनक रहेको बोर्डको भनाइ छ ।

अक्टोबर २०१९ मा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका थिए । अक्टोबर २०२३ मा १ लाख १७ हजार ३ सय ६ आएको तथ्यांक छ । यो महिना अघिल्लो वर्षको तुलनामा भने ६ प्रतिशत धेरै पर्यटक आएका छन् ।

यो वर्ष १० महिनामा साढे ९ लाख पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक आएका थिए । अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ र अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ पर्यटक आएका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्