रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न म्याद थपियो
काठमाडौ - कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । प्रहरीले थप २५ दिन म्याद दिन माग गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ १५:३६
प्रतिक्रिया दिनुहोस्