Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेयर बजारमा सामान्य गिरावट, कारोबार ४ अर्बमाथि

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौं- तिहारपछिको पहिलो शेयर कारोबार नेप्सेमा सामान्य गिरावट आएको छ । मंलगबार नेप्से ०.२५ अंकले घटेर २६७७ को विन्दुमा कायम रहेको छ। आज ४७ हजार ५ सय १५ पटक शेयर कारोबार हुँदा ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयर किनबेच भएको छ । 

११३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ । यस्तै, ६ वटा कम्पनीको शेयरमूल्य भने यथावत रहेको छ । आज दिनभरिमा ४ अर्ब २० करोड ५५ लाख ५ हजारको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटा समुहमध्ये ७ वटा समुह बढेको छ भने ६ वटा समुह घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समुह १.०६ प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा बढी घट्नेमा बैकिङ समुह रहेको छ । यस समुह ०.८१ प्रतिशतले घटेको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्