Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोविता गौतमको आक्रोश- यो तानाशाही सरकार ढाल्नैपर्छ

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले पार्टीका नेता कार्यकर्तालाई आन्दोलन चर्काउन आआफ्नो तयारीमा लाग्न आह्वान गरेकी छन् । पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राख्न १० दिनको म्याद थप भएपछि आक्रोशित भइन् ।

पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो सरकारको षड्यन्त्र र तानाशाही प्रवृत्तिका विरुद्ध हामीले आन्दोलन छेड्नै पर्छ । तपाईंहरुलाई आह्वान गर्छु, देश विदेश जहाँ हुनुहुन्छ, यो सरकारको विरोध गर्न आउनुस् । यो सरकारको विरोध गर्नैपर्छ ।’ सांसद गौतमले जिल्ला जिल्लाबाट सरकारविरुद्ध आन्दोलनमा सहभागी हुन जे शक्ति छ, त्यो लिएर आउन आग्रह गरिन् ।उनले थपिन्, ‘तपाईँहरूले जे शक्ति छ, त्यो लिएर आउनुस्, जे सक्नुहुन्छ, त्यो गर्नुस् । यो सरकारलाई भन्न चाहन्छु, यो आन्दोलनमा घटेको एउटा पनि घटनाको जिम्मा रास्वपाले लिँदैन । कसरी सक्नुहुन्छ हरेक जिल्लाबाट जागेर आउनुस्, अब अति भयो । यो एउटा पार्टीको आन्दोलन होइन । अहिलेको सरकारले नयाँ पुस्तालाई थुन्न खोजेको हो । त्यसका विरुद्ध हामी उठ्नुपर्छ ।’

उनले आन्दोलनको तयारीबारे पार्टीले थप रणनीति बनाउने भन्दै नेता कार्यकर्ता र समर्थकलाई पनि आआफ्नो ठाउँबाट आआफ्नो तयारीमा लाग्न आग्रह गरिन् ।

उनले अब यो आन्दोलन नरोकिने चेतावनी दिँदै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुर्दावादको नाराबाजीसमेत गरिन् । यो तानाशाही सरकार ढल्नैपर्ने भन्दै उनले आक्रोश पोखिन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्