Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर, पाँच वर्ष कैद

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौं- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । आज (मंगलबार) न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।  

उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

उच्चको फैसलाविरुद्ध मनाङे निवेदन लिएर सर्वोच्च पुगेका थिए । मनाङेको मागदाबी नपुग्ने फैसला भएको प्रवक्ता कुइँकेलले बताए । उच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्