अमेरिकी राष्ट्रपति निर्वाचन : वासिङ्टनमा मतदान सुरु, ट्रम्प र ह्यारिसबिच कडा प्रतिस्पर्धा
वासिङ्टन -अमेरिकाको वासिङ्टन डिसीमा राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ ।
मार्टिन लुथर किंग लाइब्रेरीमा रहेको मतदान केन्द्र बाहिर बिहानको करिब सात बजिसकेको छ । बिहानै चिसो भए पनि मतदान केन्द्र खुल्नुअघि नै यहाँका मानिसहरु लाइनमा बस्न थालेका छन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ः३० बजेसम्म चल्नेछ । त्यस पछि कार्यालय जानुपर्ने भएकाले बिहान सबेरै आएको र कार्यालयले भोट हाल्न एक घण्टा छुट दिएको एक मतदाताले बताए ।
यस पटकको चुनावलाई अमेरिकी इतिहासमा सबैभन्दा टक्करको चुनाव मानिएको छ। भोटिङको पूर्वसन्ध्यासम्म डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिसले पेन्सिल्भेनियामा र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले पेन्सिल्भेनिया, मिसिगन र नर्थ क्यारोलिनामा जनतालाई भोट दिन अपील गरिरहेका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ १९:०२
प्रतिक्रिया दिनुहोस्