Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा ट्रम्प कि कमला, अन्तिम नतिजा कतिबेला ?

बुधबार, कात्तिक २१, २०८१

अहिले अमेरिकी राष्ट्रपति चुनावको अन्तिम मतदान चलिरहेको छ । यसमध्ये केहि राज्यहरूको नतिजा पनि सार्वजनिक भइसकेको छ । यो क्रम आज दिनभर चल्ने छ ।

यो समाचार तयार पार्दासम्म कम्तिमा ५ वटा राज्यको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । यसमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले २३ र डेमोक्य्राट उम्मेदवार कमला ह्यारिसले ३ इलेक्ट्रोल कोलाज जितेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार आज ६:०० जिएमटी (नेपाली समय अनुसार ११:४५) सम्ममा सबै स्थानको मतदान सकिनेछ । एकैपटक सबै राज्यको मतगणना नहुने भएकाले मतदान अगाडि नै भइसकेका राज्यहरूको चुनावी परिणाम क्रमश: सार्वजनिक हुदै रहनेछन् । यसैले आज दिउँसो वा बेलुकासम्म सम्पुर्ण मतपरिणाम प्राप्त भइसक्ने अनुमान गरिएको छ ।

यद्यपि, यस पटकको राष्ट्रपति चुनावमा प्रतिष्पर्धा एकदमै निकट रहेकाले अन्तिमसम्म नै कुर्नु पर्ने हुन सक्छ । यस्तै कतिपय राज्यमा झिनो मतान्तर देखिएमा पुन: गणना हुन सक्ने भएकाले मतपरिणाम सार्वजनिक हुन केहि थप समय लाग्न सक्छ ।

त्यस्तै केहि कानूनी प्रश्नहरू पनि उठ्न सक्छन् । चुनाव हुनु पुर्व नै १०० भन्दा बढि मुद्दाहरू परिसकेका कारण यसले पनि अन्तिम चुनावी परिणाम सार्वजनिक गर्न अबेर गराउन सक्छ । २०२० को चुनावी परिणाम सार्वजनिक गर्न पेन्सिलभ्यानियाको मतपरिणाम कुर्नु पर्ने हुँदा ४ दिनपछि मात्र अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो । तर त्यस अगाडि २०१६ को निर्वाचन परिणाम भने मतदान सकिएको केहि घण्टामा नै सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्