Nic Ad Nic Ad
Nic Ad Nic Ad

पश्चिमी र स्थानीय वायुको प्रभाव, आज यी स्थानमा हल्का वर्षाको सम्भावना

बुधबार, कात्तिक २१, २०८१

काठमाडौँ - हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।  बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

 कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्