Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिजयतिर लम्किँदै ट्रम्प, ह्यारिसलाई ११३ मा सीमित राखी १९५ मा उक्लिए

बुधबार, कात्तिक २१, २०८१

काठमाडौं– अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। 

मतदान सकिनासाथ भएको गणनामा रिपब्लिक उम्मेदवार डोनल्ड ट्रम्पले १९५ इलेक्ट्रोल ल्याएका छन् भने डेमोक्रेटिककी उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिसले पनि ११३ बनाएकी छन्। 

नतिजा आउने क्रम जारी छ। ट्रम्प बिजयतिर लम्किएका छन्। उनी ४७औं राष्ट्रपति बन्ने दौडमा अगाडि छन्। 

अमेरिकाको राष्ट्रपति निर्वाचन जित्नका लागि २७० इलेक्ट्रोरलको आवश्यक हुन्छ। यद्यपि, अन्तिम नतिजा भने आउन बाँकी छ। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार