Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी राष्ट्रपति निर्वाचन मत गणनाः कमला ह्यारिसले ट्रम्पको फराकिलो अग्रता राम्रोसँग खुम्च्याइन्

बुधबार, कात्तिक २१, २०८१

काठमाडौं– अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। 

जारी मत गणनामा रिपब्लिक उम्मेदवार डोनल्ड ट्रम्पले ९४ इलेक्ट्रोरलले लिएको अग्रतालाई डेमोक्रेटककी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले राम्रोसँग खुम्च्याएकी छन्। 

ट्रम्पले २१६ इलेक्ट्रोल ल्याएका छन् भने डेमोक्रेटिककी उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिसले पनि १९३ बनाइन्। 

४७औं राष्ट्रपति बन्ने दौडको यो परिणामको अन्तर अब २३ इलेक्ट्रोलमात्र छ। 

अमेरिकाको राष्ट्रपति निर्वाचन जित्नका लागि २७० इलेक्ट्रोरलको आवश्यक हुन्छ। यद्यपि, अन्तिम नतिजा भने आउन बाँकी छ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्