अमेरिकी राष्ट्रपति निर्वाचन : कमलाले फेरि घटाइन् मतान्तर, ट्रम्प जम्मा १६ इलेक्ट्रोरलले अगाडि
काठमाडौं– अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी छ।
जारी मत गणनामा रिपब्लिक उम्मेदवार डोनल्ड ट्रम्पले लिएको अग्रतालाई डेमोक्रेटककी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले खुम्च्याउने क्रम जारी छ।
ट्रम्पले २३२ इलेक्ट्रोल ल्याएका छन् भने डेमोक्रेटिककी उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिसले पनि २१६ बनाइन्।
४७औं राष्ट्रपति बन्ने दौडको यो परिणामको अन्तर १६ पुगेको छ। १८ बनाउँदा ट्रम्पले फेरि अग्रता बढाएर परिणामान्तर २१ पारेका थिए। तर, त्यसलाई ह्यारिसले खुम्च्याइन्।
अमेरिकाको राष्ट्रपति निर्वाचन जित्नका लागि २७० इलेक्ट्रोरलको आवश्यक हुन्छ। यद्यपि, अन्तिम नतिजा भने आउन बाँकी छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ १०:५२
प्रतिक्रिया दिनुहोस्