Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाको राष्ट्रपतिको दोस्रो पटक विजयी हुन डोनल्ड ट्रम्पलाई २२ इलेक्ट्रोरलको खाँचो, समर्थक खुसी 

बुधबार, कात्तिक २१, २०८१

काठमाडौं– अमेरिकाको ४७औं राष्ट्रपतिमा लगभग डोनल्ड ट्रम्प जितको नजिक पुगेका छन्। उनले आवश्यक पर्ने २७० मध्य २४८ इलेक्ट्रोरल मत पाइसकेका छन्। 

उनकी प्रतिस्पर्धी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको २१६ इलेक्ट्रोरल मत आएको छ। ह्यारिस डोनल्डभन्दा ३२ इलेक्ट्रोरलले पछि छन्। 

अमेरिकाको राष्ट्रपति निर्वाचन जित्नका लागि २७० इलेक्ट्रोरलको आवश्यक हुन्छ।

यसैबीच रिपब्लिकन उम्मेदवार डोनल्डका समर्थक जितको खुसीका लागि तयारी भएर बसेका छन्। अबको केही समयमा नै पूरा नतिजा आउने अमेरिकी समाचार संस्थाहरुले जनाएका छन्।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्