मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ
पोखरा - पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।
जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सहकारी ठगीमा संलग्न रहेका लम्साल लामो समयदेखि फरार थिए । उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही पुर्पक्षका लागि थुनामा छन् ।
सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयले गत वर्ष जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ १२:०२
प्रतिक्रिया दिनुहोस्