अमेरिकाको राष्ट्रपतिको दोस्रो पटकको शपथ खान ट्रम्प ३ इलेक्ट्रोरल मत पछि छन्
काठमाडौं– अमेरिकाको ४७औं राष्ट्रपतिमा लगभग डोनल्ड ट्रम्प जितको नजिक पुगेका छन्। उनले आवश्यक पर्ने २७० मध्य २६७ इलेक्ट्रोरल मत पाइसकेका छन्।
उनकी प्रतिस्पर्धी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको २१६ इलेक्ट्रोरल मत आएको छ।
अमेरिकाको राष्ट्रपतिको शपथ खाने चरणमा ट्रम्प पुगिसकेका छन्। राष्ट्रपतिको चुनाव जित्का लागि अमेरिकामा २७० इलेक्ट्रोरल मत चाहिन्छ।
यसैबीच रिपब्लिकन उम्मेदवार डोनल्डका समर्थक जितको खुसीका लागि तयारी भएर बसेका छन्। अबको केही समयमा नै पूरा नतिजा आउने अमेरिकी समाचार संस्थाहरुले जनाएका छन्।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ १२:१०
प्रतिक्रिया दिनुहोस्