Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले प्रतिशोध राखेर अनावश्यक बल प्रयोग गरी शान्तिपूर्ण प्रदर्शन बिथोल्यो : रास्वपा

बुधबार, कात्तिक २१, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो पोखरामा पार्टीले गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेको भन्दै आपत्ति जनाएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरिएको पक्राउविरुद्ध र सहकारी पीडितलाई न्यायको मागसहित कास्कीको पोखरामा हिजो भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी बिथोल्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन्।

रत्न चोक हुँदै वाईचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई पक्राउ गरेको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानूनी प्रबन्धको कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराएका छन्।

रास्वपाले आन्दोलनको समाचार सङ्कलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरीद्वारा गरिएको हातपात र क्यामरा लगायतका सञ्चार सामग्री तोडफोडसमेत गरिएको कार्यको घोर निन्दा गरेको छ।

रास्वपाले आज अपराह्न ४ बजे मानवअधिकार चोक, पोखरा लगायत देशका विभिन्न जिल्लाहरूमा विरोध कार्यक्रम यथावत् राखेको पनि उनले बताए।

462554332_501010412938845_246435957641715902_n-1730876019.png
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्