कोशीका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर- कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ १२:४९
प्रतिक्रिया दिनुहोस्