ओलीलाई भाइरल ज्वरोको संक्रमण, केही दिन आराम गर्न चिकित्सकको सुझाव
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ । ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गरिन् ।
मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको डा. शाहले बताइन् । तर, अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा. शाहको भनाइ छ ।
प्रधानमन्त्रीले ओलीले दोस्रो मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष बितेको छ । तर, कतिपयले मिर्गौलाले काम गर्न छोडेको आंशका व्यक्त गरेका छन् । अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ १३:५२
प्रतिक्रिया दिनुहोस्