Nic Ad Nic Ad
Nic Ad Nic Ad

ऐतिहासिक जित भन्दै भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई

बुधबार, कात्तिक २१, २०८१

काठमाडौँ- अमेरिकाको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको ऐतिहासिक जीत भन्दै भारतका प्रधानमन्त्रीले बधाई सन्देश दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्यलाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन्। प्रधानमन्त्रीले यस अवसरमा भनेका छन्, “मेरो मित्र डोनाल्ड जे। ट्रम्पलाई ऐतिहासिक चुनावी विजयको हार्दिक बधाई। आफ्नो अघिल्लो कार्यकालमा हासिल गरेका सफलतालाई आधार मानेर अमेरिकाको नेतृत्व गर्न पाउनु भएकोमा हार्दिक शुभकामना।”

प्रधानमन्त्रीले भारत–अमेरिका व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने लक्ष्यसहित दुई देशका जनताको हितमा संयुक्त रूपमा काम गर्ने इच्छा व्यक्त गरेका छन्। उनले थप भनेका छन्, “हाम्रो जनता र समग्र विश्वको शान्ति, स्थिरता र समृद्धिका लागि सँगै काम गरौँ।” यद्यपि चुनावी घोषणा भने हुन बाँकी छ ।

यस सन्देशसँगै प्रधानमन्त्रीले ट्रम्पसँग अघिल्लो भेटघाटका केही तस्बिरहरू पनि सार्वजनिक गरेका छन्, जसले दुई नेताबीचको मित्रवत् सम्बन्ध र सहयोगकोसमेत झल्को दिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्