Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरले डुकुचु निर्माण सेवा प्रालिलाई गर्‍यो १ लाख रुपैयाँ जरिवाना

बुधबार, कात्तिक २१, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सडकमा निर्माण सामग्री राख्ने डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

बुधबार महानगरको वडा नम्बर ३२ अन्तर्गत वाग्मती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सडकमा राखिएको पाइएपछि सो कारबाही गरिएको हो ।

सार्वजनिक सडकमा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याउने कामका लागि महानगर प्रहरी बलले डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।

नगरपालिकाले सार्वजनिक स्थल र सडकमा निर्माण सामग्री राखेर अवरोध पुर्‍याउने तथा यातायातमा समस्या निम्त्याउने गतिविधिहरूलाई रोक्न कडा कदम चाल्ने गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्